Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंको फोहोर विसर्जन पुन: रोकियो, सरकारले ढाँटेको स्थानीयको आरोप

काठमाडौंको फोहोर विसर्जन पुन: रोकियो, सरकारले ढाँटेको स्थानीयको आरोप

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । काठमाडौं उपत्यकाका फोहोर विसर्जन पुन: रोकिएको छ ।

उपत्यकाका पालिकाहरूले विसर्जन गर्दै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गर्ने भएपछि फोहोर विसर्जन पुन: रोकिएको हो ।

उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका २५० टिप गाडी बाटोमै रोकिएका छन् ।

मंगलबार नै बञ्चरेडाँडा र सिसडोलका स्थानीयले पत्रकार सम्मेलन गर्दै सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएर ढाँटेको भन्दै फोहोर बिसर्जन पुनः रोक्ने बताएका थिए ।

यसअघि पनि उनीहरूले विभिन्न माग राख्दै बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन पाँच दिनदेखि रोकेका थिए।त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले स्थानीयको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि कात्तिक १६ गते अवरोध हटेको थियो।

१५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएकोमा सो अवधिभित्र कुनै काम नभएपछि पुन: फोहोर विसर्जन रोक्न बाध्य भएको स्थानीयहरूको भनाइ छ ।

काठमाडौं महानगरपालिकाबाट दैनिक करिब ७ सय टन फोहोर बञ्चरेडाँडामा जाने गरेको छ भने अन्य पालिकाबाट ७ सय टन गरी जम्मा १४ सय टन फोहोर दैनिक बञ्चरेडाँडा जाने गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077