Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बञ्चरेडाडाँको अवरोध हट्यो, १५ दिनभित्रमा माग पूरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

बञ्चरेडाडाँको अवरोध हट्यो, १५ दिनभित्रमा माग पूरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न अवरोध भएको चार दिनपछि हटेको छ।

आइतबार शहरी विकासमन्त्री कुलमान घिसिङ सहितको टोली बञ्चरेडाँडाका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूलाई यसअघि भएका माग १५ दिन भित्र पुरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न दिएको नुवाकोटको ककनी गाउँपालिका ३ नम्बर वडाध्यक्ष घननाथ बजगाँईले जानकारी दिए।

उनले भने- ;आज शहरी विकासमन्त्री घिसिङ यही अनुगमन गर्न आउनुभएको थियो, उहाँले स्थानीयको माग १५ दिनभित्रमा पूरा गर्छौ भनेर प्रतिबद्धता जनाउनु भयो,माग पूरा नभए फेरी बन्द गर्नु भनेपछि स्थानीयले फोहोर फाल्न दिएका छन्।'

वडाध्यक्ष बजगाँईका अनुसार रोकिएर राखिएको फोहोर गाडीले अवरोध हटेसँगै फोहोर फाल्न थालिसकेका छन्।

काठमाडौं उपत्यकाको फोहरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयहरूले अवरोध गरेपछि गत बुधबारदेखि नै काठमाडौंको फोहोर विसर्जन हुन सकेको थिएन।

बञ्चरेडाँडामा फोहोर विसर्जन हुन नसकेपछि काठमाडौं उपत्यकाका चोकचोकमा फोहोर थुप्रिएका थिए।

स्थानीयहरूले विसं २०७९ जेठ २६ मा भएको १८ बुँदे सहमतिमा उल्लेख भएको फोहर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहर बोकेका गाडीले लिच्चड नचुहाउने प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा दिनुपर्ने लगायत सहमति कार्यान्वयन हुनुपर्ने माग राख्दै स्थानीयले अवरोध गरेका थिए।

बञ्चरेडाँडाको अवरोध खुल्यो, १५ दिनभित्र माग पूरा गर्ने कुलमानको प्रतिबद्धता

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077