Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

महाधिवेशनलाई वैशाखमा सार्न विमलेन्द्र निधिको प्रस्ताव

महाधिवेशनलाई वैशाखमा सार्न विमलेन्द्र निधिको प्रस्ताव

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीलाई आन्तरिक विवादमा उल्झिनु भन्दा पनि पहिलो प्राथमिकता प्रतिनिधिसभा सदस्य निर्वाचनलाई नै दिनुपर्ने बताएका छन् ।

नेपाल महिला संघले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसको १५औँ महाधिवेशन तत्काल गर्नुपर्ने मागहरूलाई अहिले उपयुक्त समय नभएको टिप्पणी गरेका हुन् ।

निधिका अनुसार आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने प्रावधान भएकाले पार्टीले यथास्थितिलाई सम्मान गर्दै तयारी त्यसैअनुसार अघि बढाउन आवश्यक छ।

'अहिले निर्वाचनलाई नै प्राथमिकता दिउँ। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भइसकेपछि वैशाखमा महाधिवेशन गरौँ, र त्यसकै तयारीमा सबै लागौँ,' उनले भने। कांग्रेसभित्र महाधिवेशनको समयबारे उत्पन्न मतभेदले विवाद चर्किदैँ गएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077