धनकुटा। मध्यपहाडी लोकमार्गअन्तर्गतको धनकुटाको पाख्रिबासमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकी संखुवासभाको सभापोखरी-२ की ८२ वर्षीया सावित्रा कालाखेतीको उपचारका क्रममा मृत्यु भएको हो ।
पाख्रिबास नगरपालिका-५, भैँसेस्थित मध्यपहाडी लोकमार्गमा आज बिहान काठमाडौंबाट खाँदबारीतर्फ जाँदै गरेको बा४ख ५५०२ नम्बरको सप्तकोशी हाइस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सो बस सडकबाट करिब ६०-७० मिटर तल खसेको छ ।
दुर्घटनामा घाइते १४ मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।