Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बंगलादेश भूकम्प अपडेट: १० जनाको मृत्यु, ४५० भन्दा बढी घाइते

बंगलादेश भूकम्प अपडेट: १० जनाको मृत्यु, ४५० भन्दा बढी घाइते

शनिवार , मंसिर ६, २०८२

एजेन्सी। बंगलादेशमा शुक्रबार बिहान गएको भूकम्पमा परी दश जनाको मृत्यु भएको छ।

५.७ म्याग्नेच्युडको भूकम्पमा परेर ४५० भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ।

भूकम्पको केन्द्रविन्दु ढाकाबाट करिब ३० किलोमिटर टाढा नरसिंदी जिल्लामा थियो।

बीबीसी बंगलाका अनुसार ढाकामा चारजना, नरसिंदीमा पाँचजना र नारायणगन्जमा एकजनाको मृत्यु भएको छ।

बंगलादेशको विपद् व्यवस्थापन विभागका निताई चन्द्र दे सरकारले बीबीसी बंगलालाई बताएअनुसार ४५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077