Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले नेता किसान श्रेष्ठले भने - सुदन गुरुङले मेरो घरमा गएर धम्की दिए

एमाले नेता किसान श्रेष्ठले भने - सुदन गुरुङले मेरो घरमा गएर धम्की दिए

शनिवार , मंसिर ६, २०८२

सिमरा । जेनजीका अगुवा तथा हामी नेपाल नामक संस्थाका प्रमुख सुदन गुरुङले आफूलाई पुनः घर जलाउने धम्की दिएको भन्दै नेकपा एमालेका नेता किसान श्रेष्ठले आपत्ति जनाएका छन् ।

श्रेष्ठका अनुसार शनिबार आफू पार्टी कामको सिलसिलाका लागि काठमाडौंमा रहेका बेला गुरुङसहितका व्यक्तिहरू सिमरा–औराहास्थित उनको घरमै पुगेका थिए ।

२४ गते भएको आगजनीपछि पुनःनिर्माण कार्यमा व्यस्त रहेका कामदारलाई समेत गुरुङले डरत्रास सृजना गर्ने उद्देश्यले गाली–गलौज र धम्की दिएको आरोप उनले लगाएका हुन् ।

विज्ञप्ति जारी गर्दै श्रेष्ठले भनेका छन्, 'लुटपाट र गुण्डागर्दी शैलीमा सुदन गुरुङ भन्ने व्यक्ति प्रवेश गरी २४ गते जलाइएका घर पुनःनिर्माण गर्दै रहेका मेरा कर्मचारी–कामदारलाई धम्क्याउने, घर फेरि जलाइदिन्छु भन्ने धम्की दिने, तेरो नेतालाई पनि जे पनि हुनसक्छ भन्ने जस्ता अभिव्यक्तिप्रति गम्भीर आपत्ति गर्दछु।'

श्रेष्ठले जेनजीको नाममा फैलिँदै गएको आतंक र अराजक गतिविधि तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077