Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बसपार्क नजिकै भेटिएको शव तेस्रो लिंगीको भएको पुष्टि, सनाखत भएन

बसपार्क नजिकै भेटिएको शव तेस्रो लिंगीको भएको पुष्टि, सनाखत भएन

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-९ स्थित नयाँ बसपार्क नजिकै सडक किनारमा भेटिएको शव तेस्रो लिंगीको रहेको खुलेको छ ।

शनिबार दिउँसो फेला परेको उक्त तेस्रो लिंगीको रहेको खुलेको हो । यद्यपि सनाखत भने हुन सकेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शवको सनाखत हुन नसक्दा थप अनुसन्धानमा समस्या भएको बताएका छन् ।

शव रहेको भन्ने सूचना आएपछि प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थल मुचुल्का गर्दा तन्नाले बरेर पोको पारिएको अवस्थामा सिंगो शव भेटिएको थियो ।

संकास्पद अवस्थामा शव भेटिएपछि हत्याको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

उक्त शव पोष्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।

तर अहिलेसम्म शवको सनाखत हुन सकेको छैन

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077