Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डिआइजी ईश्वर कार्की एआईजीमा बढुवा

डिआइजी ईश्वर कार्की एआईजीमा बढुवा

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । नेपाल प्रहरीका डिआइजी ईश्वर कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरमा रहेका डिआइजी कार्कीलाई एआईजीमा बढुवा गरेको हो ।

कार्तिक २८ गते बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका कार्कीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

यसअघिका एआईजी दान बहादुर कार्की आईजीपीमा नियुक्त भएपछि उक्त पद रिक्त भएको थियो ।

उक्त रिक्त एआईजी पदमा कार्की बढुवा भएका हुन् ।

उनी यसअघि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077