Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चार डीआईजीको एआईजीमा बढुवा, प्रदेशका डीआईजीहरु हेरफेरको तयारी

चार डीआईजीको एआईजीमा बढुवा, प्रदेशका डीआईजीहरु हेरफेरको तयारी

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । आज बस्ने मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका चार डीआईजीको एआईजीमा बढुवा गर्दैछ ।

१२ दिनअघि बढुवा सिफारिस भएका सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय श्रेष्ठ र डम्बरबहादुर विकको बढुवा हुन लागेको हो ।

बढुवासँगै आजै उनीहरुको पदस्थापन पनि हुनेछ । आज ३ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। पदस्थापनका लागि प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग र प्रदेश समन्वय विभागमा रिक्त छन् ।

राठौर हाल प्रशासन विभागकै निमित्त प्रमुख रहेकाले उनी बढुवापछि त्यही पदस्थापनको प्रयासमा छन् । प्रहरीको पुननिर्माण र निर्वाचनका लागि बजेट आउने भएकाले प्रशासन विभागमा ठूलो चलखेल छ।

उता गृह मन्त्रालयले डीआईजीहरको सरुवाको पनि तयारी गरेको छ । एआईजी बढुवासँगै मधेस र सुदुरपश्चिम प्रदेश रिक्त हुँदैछन् । त्यस्तै, कार्यसम्पादनमा कमजोर देखिएका लुम्बिनीका डीआईजीको पनि सरुवा हुने सम्भावना छ ।

प्रदेश जान चाहने डीआईजीहरुमा गोविन्द थपलिया, दिपेन्द्र जिसी, बिनोद घिमिरे, ओम राना, जय सापकोटा, सुरेन्द्र गुरुङ, सुदर्शन कोइराला लगायत छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077