Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इथियोपिया ज्वालामुखी विस्फोट : असर नेपालसम्म, जहाज प्रभावित

इथियोपिया ज्वालामुखी विस्फोट : असर नेपालसम्म, जहाज प्रभावित

मंगलवार , मंसिर ९, २०८२

अफारको ज्वालामुखी विस्फोटको असर स् कतार एयरलाइन्सका दुई उडान काठमाडौंमै रोकिए, कोरिया एयर पनि प्रभावित

काठमाडौं । इथियोपियाको अफार क्षेत्रमा विस्फोट भएको हाइली गुब्बी ज्वालामुखीबाट निस्किएको बाक्लो धुवाँका कारण अन्तर्राष्ट्रिय हवाइ मार्ग प्रभावित भएपछि नेपालका केही उडानहरू रोकिएका छन् ।

यसैका प्रभावस्वरूप नेपालबाट आज उडान भर्न तय भएका कतार एयरलाइन्सका दुई वाइडबडी जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएका छन् ।

आज बिहान १०ः०० र ११ः०० बजे उडान भर्ने तालिका रहे पनि धुवाँले मध्यपूर्व–अफ्रिका मार्ग अवरुद्ध भएपछि दुवै जहाज उडान असम्भव बनेको विमानस्थलका महाप्रबन्धक हँसराज पाण्डेले जानकारी दिए ।

महाप्रबन्धक पाण्डेले भने, ज्वालामुखी विस्फोटबाट फैलिएको धुवाँका कारण कतार एयरलाइन्सका दुई वाइडबडी जहाज उडेका छैनन्। अहिले नेपालमै रोकिएका छन्। सम्भवतः राति २ बजेभित्र उडान हुन सक्छ। अन्य उडान भने प्रभावित छैनन्।”

उक्त विस्फोटको असर कोरिया एयरलाइन्समाथि पनि परेको छ। आज काठमाडौं आउने भनिएको उडान पनि धुवाँकै कारण रोकिनुपरेको र अब भोलि बुधबार साँझ मात्रै काठमाडौं अवतरण हुने जानकारी पाण्डेले दिए।

कतार एयरलाइन्सको काठमाडौँ–दोहा तथा दोहा–काठमाडौँ उडान स्थगित हुँदा ठूलो संख्यामा यात्रुहरू प्रभावित भएका छन्। विमानस्थलमा रोकिएका यात्रुहरू अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको यात्रुकक्षमा बसेका छन्।

उडान कहिले सुचारु हुने हो भन्ने विषयमा यात्रुहरू अनिश्चिततामा छन् भने विमानस्थल तथा एयरलाइन्सका कर्मचारी यात्रु व्यवस्थापनमा सक्रिय छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077