Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

भरतपुर अस्पताल उत्कृष्ट बन्दा मानसिक अस्पताल लगनखेलको अवस्था दयनीय

भरतपुर अस्पताल उत्कृष्ट बन्दा मानसिक अस्पताल लगनखेलको अवस्था दयनीय

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । चितवनस्थित भरतपुर अस्पताल उत्कृष्ट सेवा दिने अस्पतालको सूचीमा पहिलो नम्बरमा पर्दा लगनखेलमा रहेको मानसिक अस्पतालको अवस्था भने दयनिय भएको पाइएको छ ।

संघीय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालले न्यूनतम सेवा मापदण्डमा सबैभन्दा बढी अंक प्राप्त गर्दै उत्कृष्ट अस्पताल बनेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१र८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा बोल्दै नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड अनुसार सबैभन्दा धेरै ८८ अंक प्राप्त गरेको बताए।

मन्त्रालयका अनुसार भेरी अस्पतालले ८३, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ७९, धरान स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलले समान ७५, डडेल्धुरा अस्पताल ७३ तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ७१ प्रतिशत न्यूनतम सेवा मापदण्ड पूरा गरेका छन्।

त्यसैगरी वीर अस्पतालले ६७, परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालले ६४, कोशी अस्पतालले ६३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५९ र नारायणी अस्पतालले ५६ प्रतिशत मापदण्ड पूरा गरेको मन्त्रालयले जनाएको छ ।

गजेन्द्र नाराण सिंह अस्पताल र मानसिक अस्पताल लगनखेलको भने अवस्था निकै दयनीय रहेको पाइएको छ । गजेन्द्रलले ३६ र मानसिक अस्पतालले ३२ प्रतिशत मात्र मापदण्ड पूरा गरेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077