Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनपीएलमा ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिने, क्यान र एमसीसीबीच सम्झौता

एनपीएलमा ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिने, क्यान र एमसीसीबीच सम्झौता

शनिवार , मंसिर १३, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा एउटा टोलीलाई ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिने भएको छ ।

क्रिकेट संघ नेपाल (क्यान) र विश्व क्रिकेटको सर्वोच्च संस्था मेरीलेबोन क्रिकेट क्लव (एमसीसी) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा नयाँ इतिहास रच्दै ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ सुरु गर्ने घोषणा गरेका हुन्।

आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्का र एमसीसीका क्रिकेट तथा अपरेसन्स डाइरेक्टर रोब लिन्चले संयुक्त रूपमा यो अवार्डको औपचारिक घोषणा गरे ।

यो अवार्ड प्रत्येक संस्करणमा खेलको साँचो मर्म-निष्पक्षता, आत्मसम्मान, प्रतिद्वन्द्वीप्रति आदर र उत्कृष्ट खेलभावना कायम गर्ने फ्रेन्चाइज टिमलाई प्रदान गरिनेछ।

यो अवार्ड एमसीसीले विश्वभर क्रिकेटको उच्च मूल्य-मान्यता प्रवर्द्धन गर्न बनाएको ‘स्पिरिट अफ क्रिकेट’ अभियानको एउटा हिस्सा हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077