Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने ‘नेपाल ए’ टोली घोषणा गरेको छ ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गतका खेलका लागि संयुक्त राज्य अमेरिका र स्कटल्यान्डको टोली नेपाल भ्रमणमा आउन लागेका बेला क्यानले समानान्तर रूपमा ‘ए’ टोलीबीच प्रतिस्पर्धा गराउने तयारी गरेको हो ।

क्यानले अनिलकुमार साहको कप्तानीमा नेपाल ‘ए’ टोली घोषणा गरेको छ ।

टोलीमा तृतराज दास, देव खनाल, ईशान पाण्डे, सन्दीप जोरा, कुशल मल्ल, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री, रसिद खान, दीपक डुम्रे, पवन सराफ, मयन यादव, शेर मल्ल र साहब आलम समावेश छन्।

तीन देशका ‘ए’ टोलीबीचको त्रिकोणात्मक प्रतिस्पर्धा मे ६ देखि ११ सम्म मुलपानी क्रिकेट मैदान मा हुनेछ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077