Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राप्रपाका शीर्ष नेताहरू आज प्रधानमन्त्रीसँग भेट गर्दै, ध्यानाकर्षण पत्र बुझाउने

राप्रपाका शीर्ष नेताहरू आज प्रधानमन्त्रीसँग भेट गर्दै, ध्यानाकर्षण पत्र बुझाउने

शनिवार , मंसिर १३, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरू आज साँझ प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ताका लागि बालुवाटार जाँदै छन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोली प्रधानमन्त्रीसँग भेट गर्न बालुवाटार जान लागेका हुन् । अध्यक्ष लिङ्देनसँगै पार्टीका उपाध्यक्ष, महामन्त्री तथा प्रवक्ता मोहन श्रेष्ठसमेत भेटवार्ता टोलीमा रहने राप्रपाले जनाएको छ ।

पार्टीका माग, समसामयिक राजनीतिक अवस्थाबारे र सरकारसँग समन्वय आवश्यक रहेका विषयमा प्रधानमन्त्रीसँग ध्यानाकर्षण गराउने उद्देश्य भेटवार्ताको मुख्य एजेन्डा रहेको बताइएको छ ।

यसअघि प्रधानमन्त्री कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नेताहरूबीच पनि छलफल भएको छ ।

छलफलमा निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको नेताहरूले बताएका छन्।

छलफलमा रास्वपाका नेताहरू कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा स्वर्णिम वाग्ले, शिशिर खनाल र सोविता गौतम सहभागी थिए।

प्रधानमन्त्री कार्कीले पछिल्लो समय राजनीतिक दलहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेकी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077