Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले गरे ६२ वर्षको उमेरमा विवाह

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले गरे ६२ वर्षको उमेरमा विवाह

शनिवार , मंसिर १३, २०८२

एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले शनिबार ४७ वर्षीया जोडी हेयडनसँग वैवाहिक जीवन सुरु गरेका छन् ।

यससँगै उनी अस्ट्रेलियाको इतिहासमै पदमै रहँदा विवाह गर्ने पहिलो प्रधानमन्त्री बनेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार विवाह समारोह निकै निजी रुपमा सम्पन्न गरिएको हो ।

विवाह राजधानी क्यानबेरास्थित सरकारी निवास ‘द लज’ मा सम्पन्न भयो। समारोहमा परिवारका सदस्य र निकै नजिकका व्यक्तिहरू मात्रै सहभागी भएका थिए।

अल्बानिजले गत वर्ष भ्यालेन्टाइन्स डेका अवसरमा हेयडनलाई विवाह प्रस्ताव गरेका थिए। प्रस्ताव स्वीकृत भएपछि उनीहरूको प्रेमकथा औपचारिक वैवाहिक सम्बन्धमा परिणत भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077