Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

श्रीलंकामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १५९ पुग्यो, सयौँ बेपत्ता

श्रीलंकामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १५९ पुग्यो, सयौँ बेपत्ता

आइतवार , मंसिर १४, २०८२

एजेन्सी । श्रीलंकामा चक्रवात ‘दिट्वा’का कारण आएको भीषण बाढी र पहिरोमा परेर हालसम्म १५९ जनाको ज्यान गएको छ ।

श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले आइतबार बिहानसम्म मृत्यु हुनेको संख्या १५९ पुगेको हो ।

देशभर खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ भने २०० भन्दा बढी अझै बेपत्ता छन् ।

चक्रवातका कारण २ लाख १७ हजार २६३ परिवारका ७ लाख ७४ हजार ७२४ जना प्रभावित भएका छन् । प्रभावित परिवारमध्ये २७ हजार ४९४ परिवारका १ लाख ८९८ जना अहिले ७९८ निकासी केन्द्रहरूमा आश्रय लिइरहेका छन् ।

सरकारले उद्धार र राहत कार्यलाई अझ सुदृढ बनाउन सैनिक बल परिचालन गरेको छ । जहाँ, हेलिकप्टर र डुंगा प्रयोग गरी फसेका बासिन्दाको उद्धार गरिएको छ ।

अत्यधिक वर्षा, बाढी र पहिरोबाट सबै जना सतर्क रहन श्रीलंकाली अधिकारीहरूले आग्रह गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077