काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको कुल दरबन्दी संख्या ३७ हजार १ सय ५३ कायम भएको छ ।
सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन–२०८२ स्वीकृत भएसँगै साधारण समूह (साधारण उपसमूह), साधारण समूह (लेखा उपसमूह), साधारण समूह (कानुन उपसमूह) प्राविधिक समूह (सञ्चार तथा इन्जिनियरिङ) र प्राविधिक समूह (स्वास्थ्यतर्फ) गरी कुल स्वीकृत दर्जागत दरबन्दी संख्या ३७ हजार १ सय ५३ कायम भएको हो ।
मन्त्रिपरिषद्को गत मंसिर २ गतेको बैठकले सशस्त्रको संगठन तथा व्यवस्थापन सर्वेक्षण सर्वेक्षण प्रतिवेदन–२०८२ पारित गरेको थियो । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौर, काठमाडौंले मंसिर ५ गते कार्यालय, दरबन्दी संरचना र पदबारेको पत्र सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा पठाएको थियो । सो पत्रको जानकारी मानवस्रोत विभागले मंसिर ११ गते संगठनका सम्पूर्ण एकाईहरुलाई पठाएको थियो ।
जसअनुसार सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) १, अतिरिक्त महानिरीक्षक (एआईजी) ३, नायव महानिरीक्षक (डीआईजी) २१, वरिष्ठ उपरीक्षक (एसएसपी) ४३, उपरीक्षक (एसपी) १ सय ७५, र नायव उपरीक्षक (डीएसपी) ४ सय ८८ रहेको छ ।
यसैगरी, सशस्त्र प्रहरी निरीक्षक १ हजार १ सय ३७, वरिष्ठ नायव निरीक्षक एक सय, नायव निरीक्षक १ हजार ३ सय ८५, सहायक निरीक्षक १ हजार ६ सय १६, वरिष्ठ हबल्दार २ हजार ७ सय ९५, हबल्दार ५ हजार ३ सय ७०, सहायक हबल्दार ८ हजार ३ सय ६२, जवान १३ हजार ६ सय ७४ र परिचर १ हजार ९ सय ८३ कायम गरिएको छ ।
स्वीकृत दरबन्दी पत्र