Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रभु बैंकका सीईओ शेरचन पक्राउ

प्रभु बैंकका सीईओ शेरचन पक्राउ

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार अनामनगरस्थित कार्यालयबाट पक्राउ गरेको हो ।

प्रभु ग्रुपसँग जोडिएको ठगी मुद्दामा उनलाई पक्राउ गरिएको सिआइबीका एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए ।

साथै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ पनि पक्राउ परेका छन् । उनीहरुमाथि अनुसन्धान जारी रहेको सिआइबीले जनाएको छ ।

यसअघि बैंकका पूर्वअध्यक्ष तथा एमालेका पूर्वसांसद देवीप्रकाश भट्टचन पनि पक्राउ परेका थिए । तर उनी हाजिरी जमानीमा छुटिसकेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077