काठमाडौं । प्रभु बैंकले बरिष्ठतम कर्मचारी निरज लम्साललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकारी अशोक शेरचनलाई सीआईबीले पक्राउ गरेपछि सञ्चालक समितिले लम्साललाई कार्यवाहक सीईओको जिम्मेवारी प्रदान गरेको हो ।
सीईओसहित तीन कर्मचारी अनुसन्धानमा रहेकाले दैनिक कार्य सञ्चालन सहज बनाउन लम्साललाई कार्यवाहक सीईओ नियुक्त गरिएको बैंकले जनाएको छ ।
लम्साललाई मंसिर १४ गते देखि लागू हुने गरी बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको बताइएको छ ।
बैंकबाट सम्पादन हुने सबै किसिमका सेवाहरू सम्पूर्ण शाखा सञ्जालहरूबाट निर्वाध रूपमा सञ्चालन हुने व्यवस्था मिलाइएको बैंकद्धारा जारी सूचनामा उल्लेख छ ।