Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुरुङमा फसेका ४० हमास लडाकु मारिएको दाबी

सुरुङमा फसेका ४० हमास लडाकु मारिएको दाबी

मंगलवार , मंसिर १६, २०८२

एजेन्सी । इजरायलले गाजाको दक्षिणी सहर राफाको सुरुङमा फसेका ४० हमास लडाकु मारिएको दाबी गरेको छ ।

इजरायली सेनाले आइतबार राति वक्तव्य जारी गर्दै हतियारधारी लडाकुहरूलाई समाप्त पार्न राफामा रहेका सुरुङहरू नष्ट गरिरहेको दाबी गरेको छ । गत हप्ता सुरुङभित्र ४० भन्दा बढी लडाकु मारिएका हुन् ।

इजरायलले यसअघि पनि राफामा धेरै लडाकुहरूको हत्या गरेको र गिरफ्तार गरेको दाबी गरिसकेको छ । यद्यपि, हमासले यी दाबीहरूप्रति कुनै प्रतिक्रिया दिएको छैन ।

इजरायली सञ्चारमाध्यमका अनुसार, राफाको जमिनमुनि गत मार्चदेखि करिब २०० हमास लडाकु फसेका थिए । हमासको मागका बावजुद इजरायलले उनीहरूलाई बाहिर निस्कने बाटो दिन अस्वीकार गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077