Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

डिएनए परीक्षणपछि मात्रै विपिनको शव नेपाल ल्याईंदै, इजरायल सरकारले नै पठाइदिने

डिएनए परीक्षणपछि मात्रै विपिनको शव नेपाल ल्याईंदै, इजरायल सरकारले नै पठाइदिने

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । इजरायल र हमासको युद्धका बेला हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको छ ।

उनको शव सैनिक अस्पतालमा राखिएको छ । त्यहाँ डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि शव नेपाल पठाउने बताइएको छ ।

इजरायलस्थित नेपाली दूतावासका अनुसार हमासले विपिन जोशीको भनेर बुझाएको शव डिएनए परीक्षणका लागि इजरायली सेनालाई जिम्मा लगाएको छ ।

डिएनए परीक्षणको रिपोर्ट आउन करिब ४ घण्टा लाग्ने भनिएको छ । त्यसपछि मात्रै नेपाल पठाउने प्रक्रिया सुरु हुने दूतावासले जनाएको छ ।

दूतावासका अननुसार इजरायल सरकारले नै शव नेपाल पठाइदिने जानकारी गराइसकेको छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।

सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए भने हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए । हमासले विपिनको शव मंगलबार हस्तान्तरण गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077