Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकालाई शिक्षामन्त्रीको चेतावनी - संघीय अनुदान रोक्का हुन्छ

विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकालाई शिक्षामन्त्रीको चेतावनी - संघीय अनुदान रोक्का हुन्छ

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने स्थानीय तहहरूलाई कडा चेतावनी दिएका छन् ।

मन्त्रालयले जारी गरेको निर्देशनअनुसार अझै समिति गठन नगरेका पालिकालाई तत्काल व्यवस्था मिलाउन सूचना पठाइसकिएको छ ।

मन्त्री पुनका अनुसार एसएमसी गठन नगर्ने प्रवृत्तिले विद्यालयको शैक्षिक गुणस्तर, पारदर्शिता र अभिभावकको विश्वासमाथि गम्भीर असर पर्न थालेको छ।

'विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने कुनै पनि गतिविधि सह्य हुँदैन,' मन्त्री पुनले भने, 'नियमअनुसार विद्यालय सञ्चालनका लागि सबै पालिकाले अनिवार्य रूपमा व्यवस्थापन समिति गठन गर्नैपर्छ।'

मन्त्रालयले निर्देशन उल्लंघन गर्ने स्थानीय तहहरूलाई विद्यालयमा आउने संघीय अनुदान रोक्का गरिने चेतावनी दिएको छ। साथै, यस्ता पालिकाहरूको सूची संकलन भइरहेको र आवश्यक कारबाही अघि बढाइने मन्त्री पुनले बताए।

यस्तै उनले अभिभावकहरूलाई पनि आफ्ना क्षेत्रमा भएका अनियमितताबारे जानकारी गराउन आग्रह गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077