Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महाधिवेशनमा युवाको सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा

महाधिवेशनमा युवाको सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी १५औँ महाधिवेशनले पार्टीभित्र युवा सहभागिता मजबुत रूपमा स्थापित गर्नुपर्ने बताएका छन् ।

बुधवार देउवालाई भेट्न पुगेका पार्टीका युवा नेताहरूसँगको भेटवार्तामा उनले महाधिवेशनमार्फत् केन्द्रीय तहदेखि संगठनका सबै संरचनामा युवा सहभागिता बढाउनुपर्ने उल्लेख गरेका हुन् ।

पार्टीको संगठन सुदृढीकरण र भविष्यका नेतृत्व निर्माणमा युवाको भूमिका निर्णायक रहने उनको भनाइ छ।

'पार्टीलाई एकढिक्का बनाउन महाधिवेशन महत्वपूर्ण छ। युवाले नेतृत्वका तहमा प्रभावकारी भूमिका खेल्नुपर्छ,' सभापति देउवाले भने । आवश्यक वातावरण निर्माणमा आफू सकारात्मक रहने उनले आश्वासन दिए ।

उनका अनुसार पुस २६ देखि २८ गतेसम्म तय भएको पार्टी महाधिवेशन निर्धारित मितिमै सम्पन्न हुने तयारी भइसकेको छ।

सभापति देउवालाई भेट्न आएका नेतामा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य रञ्जित कर्ण, नेविसंघका पूर्वउपाध्यक्ष पुष्पकुमार शाही, नवीन राई, नेविसंघका पूर्वमहामन्त्री दीपक भट्टराई, पूर्वकोषाध्यक्ष शिव रिमाल तथा कांग्रेसका युवा नेताहरू बद्री अर्याल र दिलीप ढुङ्गाना रहेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077