Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पाल्पामा ६० क्वीन्टल अवैध युरिया मल बरामद

पाल्पामा ६० क्वीन्टल अवैध युरिया मल बरामद

बुधवार , मंसिर १७, २०८२

पाल्पा । पाल्पामा प्रहरीले ६० क्वीन्टल युरिया मल बरामद भएको छ ।

जिल्लाको बगनासकाली गाउँपालिका–३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणमा अवैध मल बरामद गरेको हो ।

स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लुप्र ०१–००१ ख ०९५९ नम्बरको मिनी ट्रकलाई रोकी जाँच गर्दा ६० क्वीन्टल मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

नियन्त्रणमा लिएको अवैध मल, ट्रक र ट्रक चालकसहित आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय रुपन्देही पठाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077