Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

काठमाडौंका तत्कालीन प्रजिअ रिजालसँग जाँचबुझ आयोगले लियो बयान

काठमाडौंका तत्कालीन प्रजिअ रिजालसँग जाँचबुझ आयोगले लियो बयान

बिहिवार , मंसिर १८, २०८२

काठमाडौंं । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग विस्तृत बयान प्रक्रिया अगाडी बढाएको छ ।

आयोगले मङ्सिर १७ र १८ मा सिंहदरबारस्थित  कार्यालयमा बोलाइर रिजालसँग दुई चरणमा बयान लिएको हो ।

भदौ २३ र २४ मा जेनजी प्रदर्शन हुँदा रिजाल काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए । बानेश्वरमा जेनजी युवाहरूको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको आरोप रिजालमाथी छ । सामाजिक सञ्जालमा पनि रिजालको चर्को आलोचना भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंको वेभसाइटबाट उनको फोटो हटाइएको थियो ।

रिजालसँग आयोगका पदाधिकारीले दुई दिनदेखि बयान लिए पनि केही प्रश्न अझै बाँकी रहेकोले शुक्रबार पुन: बोलाउने आयोग स्रोतले जनाएको छ ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सुरक्षा निकायका प्रमुखसंग सोधपुछ गदै आएको छ । आयोगले प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलाउने काम कानुनसम्मत भए नभएको र २४ गतेको विध्वंसबारे जाँचबुझ गर्ने कार्यादेश पाएको छ । ९ बाट काम सुरु गरेको आयोगले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।

यसअघि सशस्त्र प्रहरीको कार्य विभागका प्रमुख नारायणदत्त पौडेल र प्रहरीका एआईजी सिद्धिविक्रम शाहसँग आयोगले सोधपुछ गरेको थियो। जेनजी प्रदर्शन हुँदा शाह प्रहरीको कार्य विभाग प्रमुख थिए । अहिले उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएका छन् ।

यसैगरी आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा, पूर्वमुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय अनुसन्धान विधागको उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख ओम राना, सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठ र नेपाल प्रहरीका एसपीद्ववय अपिल बोहरा र कुलदिप चन्दसँग बयान लिइसकेको छ ।

स्रोतका अनुसार आयोगले हालसम्म करिब १५० जनासँग बयान लिइसकेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077