Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

जेलेन्स्की–ट्रम्प टोलीबीच ‘रचनात्मक’ वार्ता, तर मोस्कोको आक्रमण झन् तीव्र

जेलेन्स्की–ट्रम्प टोलीबीच ‘रचनात्मक’ वार्ता, तर मोस्कोको आक्रमण झन् तीव्र

आइतवार , मंसिर २१, २०८२

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका शान्ति दूत स्टिभ विट्कोफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँगको टेलिफोन वार्ता निकै रचनात्मक र आशावादी रहेको बताएका छन् ।

युद्ध अन्त्यका लागि तयार पारिँदै गरेको सम्भावित शान्ति खाका, रुसले सम्झौता पालनामा कति गम्भीर रहनेछ भन्ने विषयले वार्ताको मूल केन्द्र समातेको जेलेन्स्कीले बताएका छन् ।

मियामीमा युक्रेनी तथा अमेरिकी अधिकारीबीच तेस्रो दिनसम्म जारी वार्ताले पनि शान्ति प्रयासलाई नयाँ गतिले अघि बढाइरहेको छ।

विट्कोफ र युक्रेनी राष्ट्रिय सुरक्षा परिषद्का सचिव रुस्टेम उमरोभले जारी गरेको संयुक्त विज्ञप्तिमा दुई पक्षबीच दीर्घकालीन सुरक्षा संरचना र युक्रेनको प्रतिरोध क्षमतालाई मजबुत बनाउने विषयमा ‘महत्वपूर्ण प्रगति’ भएको उल्लेख छ।

तर कूटनीतिक प्रयाससँगै युद्ध मोर्चामा भने रुसले आक्रमण झन् तीव्र बनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077