Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी ‘मिसाइल कम्पोनेन्ट’ कारखानामा आक्रमण गरेको जेलेन्स्कीको दाबी

रुसी ‘मिसाइल कम्पोनेन्ट’ कारखानामा आक्रमण गरेको जेलेन्स्कीको दाबी

बिहिवार , फाल्गुण २८, २०८२

एजेन्सी । युक्रेनी सेनाले रुसको सबैभन्दा महत्त्वपूर्ण सैन्य कारखानामध्ये एकमा आक्रमण गरेको दाबी गरिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो दाबी गरेका हुन् ।

जेलेन्स्कीका अनुसार उक्त कारखानामा रुसी मिसाइलका लागि आवश्यक इलेक्ट्रोनिक्स तथा कम्पोनेन्ट उत्पादन गरिन्थ्यो । ‘यिनै मिसाइलहरूले हाम्रा शहर, गाउँ र सर्वसाधारणलाई निशाना बनाइरहेका छन्’, उनले भने ।

युक्रेनी सेनाका अनुसार बेलायतले उपलब्ध गराएको स्ट्रोम स्याडो मिसाइल प्रयोग गरेर सीमावर्ती ब्रायान्स्क क्षेत्रमा रहेको क्रेम्निय एल कारखानामा आक्रमण गरिएको हो ।

रुसका स्थानीय अधिकारीहरूले भने आतंकवादी मिसाइल आक्रमणमा कम्तीमा ६ जना सर्वसाधारणको मृत्यु भएको र ४२ जना घाइते भएको बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077