Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गोवाको नाइटक्लबमा सिलिन्डर विस्फोट, २३ जनाको मृत्यु

गोवाको नाइटक्लबमा सिलिन्डर विस्फोट, २३ जनाको मृत्यु

आइतवार , मंसिर २१, २०८२

एजेन्सी । भारतको गोवा प्रदेशअन्तर्गत अर्पोरा क्षेत्रमा रहेको एक नाइटक्लबमा शनिबार राति ग्यास सिलिन्डर विस्फोट भएको छ ।

जसमा कम्तीमा २३ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विस्फोटपछि भीषण आगलागी भएको र त्यसमा परेर उनीहरूको मृत्यु भएको हो ।

हालसम्म २३ वटा शव फेला परेको गोवा प्रहरीले जनाएको छ । मृतक सबै नाइटक्लबका कर्मचारी रहेका छन् ।

घटनाबारे जानकारी पाएपछि गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय सांसद माइकल लोबो घटनास्थलमा पुगेका थिए ।

घटनामा पर्यटक समेत परेको आशंका गरिएको छ । यद्यपि, विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077