Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘ओलीकुटी’ को डिजाइनप्रति मन्त्री पुनको कटाक्ष - दुई जनाको कुटी, दरबारजस्तो नक्सा !

‘ओलीकुटी’ को डिजाइनप्रति मन्त्री पुनको कटाक्ष - दुई जनाको कुटी, दरबारजस्तो नक्सा !

आइतवार , मंसिर २१, २०८२

काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा निर्माणाधीन ‘ओलीकुटी’ को नक्सामाथि व्यंग्य गरेका छन् ।

पोलिटब्युरो सदस्य महेश बस्नेतको पहलमा बन्न लागेको आकर्षक शैलीको साढे दुई तले घर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आइरहेका बेला मन्त्री पुनले पनि व्यंग्य गरेका हुन् ।

गुण्डुस्थित सूर्यविनायकमा निर्माणाधीन सो भवनलाई ‘ओलीकुटी’ नाम दिएर प्रचार गरिएको छ। तर यसको भव्य आकार र आकर्षक डिजाइनले सामाजिक सञ्जालमा व्यंग्य र समीक्षा दुवै उत्तिकै तातेका छन् ।

मन्त्री पुनले ठट्यौली शैलीमा उक्त नक्सा बनाउने इन्जिनियरलाई कारबाही गर्नुपर्ने मागसमेत गरेका छन् ।

उनले लेखेका छन्-'यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ। अनि घोर बेइजति तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो माग छ । हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याउ भने पछि यत्रो ठूलो दरवारको नक्सा बनाई दिनु हुन्छ त उसले । कहाँ सम्मको लापरवाही हो यो ?'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077