Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौंमा राप्रपाले गर्‍यो शक्ति प्रदर्शन

काठमाडौंमा राप्रपाले गर्‍यो शक्ति प्रदर्शन

मंगलवार , मंसिर २३, २०८२

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन समझदारीका लागि दबाब दिन आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

राजा, राजनीतिक दल र जेनजीबीच नयाँ राजनीतिक समझदारी निर्माणका लागि सरकारलाई दबाब दिने उद्देश्यले राप्रपाले शक्ति प्रदर्शन गरेको हो।

राप्रपाका नेता तथा कार्यकर्ताले विभिन्न स्थानबाट जुलुससहित रत्नपार्क क्षेत्रमा प्रवेश गर्दै प्रदर्शनलाई जनसभाको रूप दिएका छन् ।

सहभागीहरूले राष्ट्रिय झण्डासँगै पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाहको तस्बिर अंकित प्लेकार्ड बोकेका थिए ।

जनसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077