Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भिजिट भिषा प्रकरण : सहसचिव तीर्थराज भट्टराई सहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

भिजिट भिषा प्रकरण : सहसचिव तीर्थराज भट्टराई सहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिषा प्रकरणमा विमानस्थल अध्यागमनका तत्कालिन प्रमुख सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्याल सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

भिजिट भिषामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको आरोपमा उनीहरूमाथि अख्तियारले अनुसन्धान गरेको थियो। सह सचिव भट्टराई ७ जेठ २०८२ मा विमानस्थलबाटै पक्राउ परेका थिए। उनी त्यतिबेला विमानस्थल अध्यागमन प्रमुख समेत थिए।

आयोगले भट्टराई र अर्यालसहित ६ जनालाई प्रतिवादी बनाएर बिहिबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

अख्तियारले भट्टराईलाई प्रमुख प्रतिवादी कायम गरेर शाखा अधिकृत यज्ञ अर्याल, ट्राभल एजेन्सीका बालकृष्ण खड्का, बिचौलिया खेम सुवेदी, कविता पौडेलसहित ७ जनालाई प्रतिवादी कायम गरेको छ । करिब ८० लाख रुपैयाँ भ्रष्टाचार भएको दावी अख्तियारको छ ।

अख्तियारले सहसचिव तीर्थराज भट्टराई विरुद्ध करिब ७९ लाख र अर्याल विरुद्ध ५ लाख विगो माग दावी गरेको छ ।

गत ७ जेठमा अख्तियारले विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा हानेर कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

भिजिट भिसामा खाडी देश जानेसँग अध्यागमनमा ५० हजारसम्म र युरोपियन देश जानेसँग तीन लाख रुपैयाँसम्म असुली हुने गरेको थियो ।

भिजिट भिसामा विदेश जाने सर्वसाधारण नेपालीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका अधिकारीहरूले पैसा असुल्ने धन्दा लामो समयदेखि चल्दै आएको अनुसन्धानका क्रममा खुलेको आयोगको दावी छ ।

प्रहरीको अनुसन्धानका आधारमा १० माघ २०८० मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विमानस्थल अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध संगठित अपराध र किर्ते अभियोगमा मुद्दा दायर गरेको थियो ।

तर, एक वर्षपछि २०८१ मंसिर १४ गते काठमाडौ जिल्ला अदालतले बिचौलिया र ट्राभल एजेन्सी सञ्चालकलाई मात्रै दोषी ठहर गरेको थियो । केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा भिजिट भिषा प्रकरण बाहिरिएपछि भट्टराईलगायतका कर्मचारीहरु पक्राउ परेका थिए ।

सोही काण्डमा तत्कालिन गृहमन्त्री रमेश लेखक मुछिएको भन्दै रास्वपा र राप्रापाले ७० दिन भन्दा बढि संसद बैठक नै वहिस्कार गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077