Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सम्पत्ति शुद्धीकरण मुद्दामा तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

सम्पत्ति शुद्धीकरण मुद्दामा तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका तत्कालीन सहसचिव तीर्थराज भट्टराईलाई सम्पत्ति शुद्धीकरण मुद्दामा धरौटीमा छाड्न आदेश भएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो। आयोगले भट्टराईसहित तीन जनासँग जनही १ करोड ३ लाख ७९ हजार ६०० विगो र सजायको माग गरेको थियो।

त्यस्तै आयोगले भट्टराईसहित ७ जनाविरुद्ध भिजिट भिसा तस्करी प्रकरणमा पनि मुद्दा दायर गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077