Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थाइल्याण्डका प्रधानमन्त्री अनुतिनले गरे संसद् विघटन

थाइल्याण्डका प्रधानमन्त्री अनुतिनले गरे संसद् विघटन

शुक्रवार , मंसिर २६, २०८२

एजेन्सी । थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नवीराकुलले शुक्रबार संसद् विघटन गरेर आगामी वर्ष प्रारम्भमा हुने आम निर्वाचनको मार्ग प्रशस्त गरेका छन् ।

उक्त कदम छिमेकी क्याम्बोडियासँग जारी सीमा विवादको बिचमा, जनताको सुरक्षालाई ध्यानमा राख्दै, सम्मानपूर्वक लिइएको निर्णय हो ।

सरकारी राजपत्रमा प्रकाशित सूचनामा सरकारले विभिन्न चुनौतीहरूको सामना गरिरहेको र स्थिर तथा प्रभावकारी रूपमा प्रशासन सञ्चालन गर्न कठिनाइ भइरहेको हुँदा नयाँ निर्वाचन गर्नु उपयुक्त उपाय ठहरिएको उल्लेख छ ।

थाइल्याण्डको कानुनअनुसार, संसद् विघटन भएपछिका ४५–६० दिनभित्र मतदान हुनुपर्छ, त्यसैले मतदान जनवरी अन्त्य वा फेब्रुअरी सुरुमा हुने अपेक्षा गरिएको छ ।

क्याम्बोडियासँगको सीमा विवादमा कम्तीमा २० जनाको ज्यान लिएको र करिब ६ लाख नागरिक विस्थापित भएको छ, जसमध्ये अधिकांश थाइल्याण्डमा छन् । झडपमा हवाई आक्रमण र ट्याङ्क प्रयोग भएको र दुवै देशले एकअर्कालाई जिम्मेवार ठहराएको जनाइएको छ ।

प्रधानमन्त्री अनुटिनले संसद् विघटन गर्दा गठबन्धन साझेदारहरूको अनुरोधको सम्मान गर्दै यो कदम चालिएको र ‘सत्ता जनतासँग फर्काउने’ उद्देश्य रहेको व्यक्त गरेका छन् ।

व्यवसायीबाट राजनीतिमा आएका अनुतिन चर्नविराकुल सन् २०२३ को अगस्टमा थाइल्यान्डका तेस्रो प्रधानमन्त्री बनेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077