Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहायक रथीमा क्षत्रीको विशेष बढुवा, दर्ज्यानी चिह्न प्रदान

सहायक रथीमा क्षत्रीको विशेष बढुवा, दर्ज्यानी चिह्न प्रदान

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौँ । नेपाली सेनाका सहायक रथी लीलाबहादुर खनाल क्षेत्री उपरथीमा विशेष बढुवा भएका छन् ।

जङ्गी अड्डामा शुक्रबार आयोजित औपचारिक समारोहमा प्रधान सेनापति अशोक राज सिग्देलले उनलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरे।

सेनाभित्रको महत्वपूर्ण जिम्मेवारी र उत्कृष्ट सेवाको कदरस्वरूप विशेष बढुवामा परेका क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गर्दै प्रधान सेनापति सिग्देलले जिम्मेवारी, अनुशासन र नेतृत्व क्षमताबाट संस्थाको प्रतिष्ठा अझ उच्च बनाउने विश्वास व्यक्त गरेका थिए।

सहायक रथी तथा महासेनानी दर्जामा बढुवा भएका एक–एक जना महासेनानी र प्रमुख सेनानीलाई समेत प्रधान सेनापतिमार्फत दर्ज्यानी चिह्न प्रदान गरिएको नेपाली सेनाले जानकारी दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077