काठमाडौं । म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बद्रीप्रसाद तिवारीलाई गृह मन्त्रालय तानिएको छ ।
गृह मन्त्रालयका अनुसार भिजिट भिसा प्रकरणसँग जोडिएर अनुसन्धानको दायरामा परेपछि तिवारीलाई सोमबार नै मन्त्रालयमा फिर्ता बोलाइएको हो ।
गृहले म्याग्दीको नयाँ सीडीओका रूपमा रविन्द्र आचार्यलाई जिम्मेवारी दिएको छ ।
प्रशासनिक जिम्मेवारी तत्काल सम्हाल्ने गरी आचार्यलाई म्याग्दी पठाइएको स्रोतले जनाएको छ। भिजिट भिसा प्रकरणको अनुसन्धान तीव्र बन्दै गएको छ ।