Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु, यी कागजात पूरा गरे झनै सहजता

भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु, यी कागजात पूरा गरे झनै सहजता

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । अध्यागमन विभागको प्रस्तावमा सरकारले आजदेखि भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ ।

अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी सरकारले मापदण्ड परिमार्जन गरेको र परिमार्जित मापदण्ड आजैदेखि लागू भएको जनाएको छ ।

नयाँ मापदण्ड अनुसार भिजिट भिसामा विदेश जाँदा ६ महिना अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा, प्रस्थान गर्न गन्तव्यसम्मको हवाई टिकट र आफू भ्रमण गर्ने प्रयोजनका लागि जान लागेको, सोका लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने समेत व्यवहोराको प्रस्थान गर्न व्यक्तिले गरेको स्वघोषणा गरिएको हुनुपर्ने विभागले जनाएको छ ।

यसअघिको ६ बुँदे कार्याविधि संशोधन गरी तीन बुँदे बनाइएको हो । जसअनुसार ६ महिना अवधि भएको पासपोर्ट, गन्तब्य देशको भिसा र टिकट मात्र अध्यागमनले जाँच गर्नेछ । यसअघि दुईतर्फी हवाई टिकट, न्यूनतम पाँच सय अमेरिकी डलर र होटल बुकिङ समेत देखाउनुपर्ने प्रावधान थियो ।

त्यस्तै, होटेल बुकिङको कागजपत्र पनि जाँच गर्ने प्रणाली नभएकाले त्यसलाई अनिवार्य बुँदामा राखिएको छैन । पाँच सय डलरको प्रावधान अनावश्यक भएको भन्दै हटाइएको छ ।

[insert page='374693' display='yopanipadhnuhos.php']

सहज प्रावधान राख्दा वैदेशिक रोजगारीको उदेश्यले भिजिट भिसामा धेरै विदेश जाने र उता समस्यामा पर्न सक्ने समेत आकलन गरिएको छ । त्यसका लागि श्रम प्रक्रियालाई सहज बनाउने तथा विदेशस्थित संयन्त्रलाई सक्रिय बनाउने उदेश्यले सरकारले यस्तो तयारी थालेको हो ।

यसअघि अध्यागमनकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा विदेश जानेसँग दैनिक ५० लाखभन्दा धेरै असुली गरिएको खुलेको थियो । सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन गरिरहेको छ ।

संगठित रूपमा असुली धन्दा चलेको खुलेपछि अख्तियारले तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । जस क्रममा गृह मन्त्रालयको समेत संरक्षणमा उनले भिजिट भिसामा विदेश जाने र नेपालबाट उड्ने भारतीयसँग असुली धन्दा चलाएको खुलेको थियो ।

सो घटना बाहिरिएपछि विपक्षी दलको मागअनुसार सरकारले गठन गरेको समितिले पनि कार्यविधिलाई सरल बनाउन सिफारिस गरेको थियो । सोहीअनुसार नयाँ कार्यविधि बनेको हो ।

पूर्वमुख्यसचिव शंकरदास बैरागी अध्यक्षताको समितिले एक महिनाअघि प्रतिवेदन बुझाउँदै कार्यविधि संशोधन गर्न सुझाव दिएको थियो । समितिले श्रम स्वीकृतिलाई सरल बनाउन र विदेशस्थित सरकारी संयन्त्रलाई बलियो सुझाव दिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077