Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युएई जाने व्यक्तिको पासपोर्टमा ‘काम गर्न मनाही’ लेख्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरीने

युएई जाने व्यक्तिको पासपोर्टमा ‘काम गर्न मनाही’ लेख्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरीने

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । अध्यागमन विभागले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकको राहदानीमै केरमेट गर्ने कर्मचारीमाथि कारबाही गर्ने भएको छ । 

राहादानीमा प्रस्थान छापकै माथि लेख्ने कर्मचारीमाथि विभागले कारबाही गर्न छानबिन प्रकिया अघि बढाएको हो ।

भिजिट भिसामा विदेश जान लागेको एक नेपालीको राहदानीमा अध्यागमनको कर्मचारीले प्रस्थान छापसँगै ‘काम गर्न पूर्ण रूपमा अनुमति छैन’ भन्दै अंग्रेजीमा लेखेका थिए । यस्तो पाइएपछि छानबिन प्रकिया अघि बढाएको विभागले जनाएको छ । 

विभागले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि नागरिकलाई प्रचलित कानूनभन्दा बाहिर गई अतिरिक्त शर्त तोकेर प्रस्थान अनुमति दिने नीति नभएको स्पष्ट पारेको छ। 

यस्ता गतिविधि गैरकानूनी भएको उल्लेख गर्दै संलग्न कर्मचारीमाथि कारबाहीका लागि आन्तरिक छानबिन प्रक्रिया अघि बढाइएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ–‘संयुक्त अरब ईमिरेट्स प्रस्थान गर्न लागेका कुनै नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै "Employment is strictly prohibited. Visit till १०/६/२०२६" लेखेको भनि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार एवं टिप्पणीप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा ‘आजको दिनमा धेरै नेपालीहरुको विदेश यात्रा रहर र राम्रो अवसरको खोजी मात्र नभई बाध्यता समेत भएको यथार्थ हामी सबैलाई अवगत नै छ ।’ भनेर पनि उल्लेख गरिएको छ ।  

‘कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको हुँदा प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानूनी अभ्यास गर्ने कर्मचारीलाई कारवाहीको लागि आन्तरिक छानवीनको प्रक्रिया अगाडि बढाईएको छ ।’–विज्ञप्तिमा भनिएको छ ।

अनावश्यक कागजात माग गर्ने र तजबिजीको आधारमा निर्णय गरी हुने गरेको अनियमिततालाई नियन्त्रण गर्न सरकारले २०८२ कार्तिक १३ को निर्णयअनुसार भिजिट भिसामा विदेश जाने नागरिकका लागि कम्तीमा ६ महिना वैध राहदानी, गन्तव्य देशसम्मको हवाई टिकट र सम्बन्धित देशको भिसा भएमा स्वघोषणासहित प्रस्थान अनुमति दिने व्यवस्था लागू गरेको थियो ।


विभागले यात्रुहरूको आगमन र प्रस्थानलाई झन्झटरहित बनाउन नीतिगत सहजीकरण र अध्यागमन प्रणालीलाई थप आधुनिकीकरण गरी राष्ट्रिय सुरक्षाको सुदृढीकरणका क्षेत्रमा समेत काम गरिरहेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

यस्तो छ प्रेस विज्ञप्ति

visit visa.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077