Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

व्यावसायिक भिसामा शंकास्पद गतिविधि, चार चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ

व्यावसायिक भिसामा शंकास्पद गतिविधि, चार चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । व्यावसायिक भिसामा नेपाल बसेर शंकास्पद गतिविधि गर्दै आएको आरोपमा चार जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ।

विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार एक महिला र तीन पुरुषलाई शुक्रबार काठमाडौंका सोह्रखुट्टे–म्हैपी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

ठूलो संख्यामा चिनियाँ नागरिक बसोबास गर्ने भएकाले सो क्षेत्रमा ‘चाइनिज हाउजिङ’को नामले समेत चिनिने गरेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले व्यावसायिक भिसा लिए पनि आफ्नो व्यवसाय, कम्पनी वा कामको विवरणबारे कुनै जानकारी दिन नसकेको विभागले जनाएको छ।

उनीहरूले आर्थिक रूपमा कमजोर नेपाली युवतीलाई जागिरको प्रलोभन देखाई टिकटक भिडियो बनाउन लगाउने, त्यसको माध्यमबाट अन्य चिनियाँ नागरिकसँग संपर्क गराई विवाह गराउने जस्ता गतिविधि गर्दै आएको खुलेको छ।

विभागका अनुसार केही युवतीलाई यसै बहानामा चीनसम्म लगिएको तथ्यसमेत फेला परेको छ। साथै, म्हैपीमा घर भाडामा लिएर नेपाली युवतीलाई राख्ने र अन्य देशमा पठाउने कार्यमा पनि उनीहरूको संलग्नता देखिएको छ।

नियन्त्रणमा परेकामध्ये दुई जना विगत १० वर्षदेखि पर्यटक, अध्ययन र व्यवसायिक भिसाको गलत प्रयोग गर्दै नेपालमा बस्दै आएको खुलासा भएको छ।

पक्राउ पर्नेबेला उनीहरूले पासपोर्ट र भिसा देखाउन नसक्नुका साथै अध्यागमन कर्मचारी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको विभागले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077