Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्याग्दीका सीडीओ तिवारी गृह मन्त्रालय तानिए, आचार्यलाई पठाउने तयारी

म्याग्दीका सीडीओ तिवारी गृह मन्त्रालय तानिए, आचार्यलाई पठाउने तयारी

सोमवार , मंसिर २९, २०८२

म्याग्दी। म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बद्रीप्रसाद तिवारी गृह मन्त्रालय तानिएका छन् ।

भिजिट भिसा प्रकरणमा अनुसन्धानको घेरामा तानिएपछि उनलाई सोमबार नै फिर्ता बोलाइएको हो ।

तिवारीको सरुवापछि म्याग्दीको प्रमुख जिल्ला अधिकारीको रूपमा रवीन्द्र आचार्यलाई पठाइएको गृह स्रोतले जनाएको छ । सिडिओको जिम्मेवारी सम्हाल्नुअघि आचार्य गृह मन्त्रालयका सूचना अधिकारीसमेत थिए ।

अख्तियारले हालै मुद्दा दायर गरेको भिजिट भिसाको प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकसहित उनको सचिवालयमा रहेकाहरूमाथि अनुसन्धान भइरहेको अभियोगपत्रमा उल्लेख गरिएको थियो ।

तिवारी रमेश लेखक मन्त्री हुँदा उनका निजी सचिव थिए । तत्कालीन गृहमन्त्री लेखकको निजी सचिव रहेका तिवारी भिजिट भिसा प्रकरण सतहमा आएपछि म्याग्दीको सिडिओ भएर गएका थिए। सोही कारण तिवारी अनुसन्धानको घेरामा तानिएका हुन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077