Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सभापति देउवा र कोइरालाबीच भेट: नम्बर उल्लेख नभएको फारमबारे छलफल

सभापति देउवा र कोइरालाबीच भेट: नम्बर उल्लेख नभएको फारमबारे छलफल

मंगलवार , पौष १, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ।

आज केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई साथ लिएर कोइराला सभापति देउवा भेट्न उनकै निवास पुगेका हुन्।

भेटमा क्रियाशील सदस्यता वितरण समितिले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पठाएको घटना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कोइरालाले देउवासँग वार्ता गरेको कोइरालाको सचिवालयले जनाएको छ।

बिना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुन नसक्ने भन्दै फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउन निर्देशन दिन देउवालाई आग्रह गरे ।

साथै अनुशासन कारबाहीका सम्बन्धमा देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबैको कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा बताए।

२०७९ को निर्वाचनको गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाको भनाइ थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077