Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकार र दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ अभियानबीच वार्ता

सरकार र दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ अभियानबीच वार्ता

मंगलवार , पौष १, २०८२

काठमाडौं । सरकारद्वारा गठित वार्ता समिति र दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानका टोलीबीच वार्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा वार्ता भएको हो ।

वार्तामा सरकारकोतर्फबाट सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा नागरिक बचाउ अभियानका प्रेमदिप लिम्बू, देवीप्रसाद सङ्ग्रौला, प्रेम थापामगर सहभागी छन् ।

अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गरेका हुन् । आजको वार्ताको निचोडपछि अभियानका संयोजक दुर्गा प्रसाईंसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ ।

सरकारले निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रूपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गरिरहेको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077