Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बम विस्फोटकाण्डमा पक्राउ परेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष लामालाई निलम्बन

बम विस्फोटकाण्डमा पक्राउ परेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष लामालाई निलम्बन

बुधवार , पौष २, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका उपाध्यक्ष विश्वक्रान्ति भनिने राजकुमार लामालाई निलम्बन गरेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लामालाई पक्राउ गरेपछि साम्पाङले बुधबार बिहान फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै निलम्बनको निर्णय सार्वजनिक गरेका हुन् ।

धनकुटा घर भई हाल काठमाडौंको कपनमा बस्दै आएका लामामाथि २०६८ फागुन १५ गते काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम विस्फोट गराएको आरोप छ ।

सोही मुद्दाका कारण उनलाई पुनः पक्राउ गरी अनुसन्धानका लागि पाँचथर पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजकुमार लामा कुमार, विश्वक्रान्ति र देवराज लामा गरी तीन उपनामबाट परिचित छन्।

भिडिओ सन्देशमार्फत अध्यक्ष साम्पाङले लामाको विगत पृष्ठभूमीबारे आफू अनविज्ञ रहेको बताएका छन् । 'मैले बुझेको चाहिँ उहाँ माओवादी पार्टीमा आबद्ध भएर लामो समयसम्म विभिन्न राजनीतिक दल र अभियानहरूमा संलग्न हुँदै आउनुभएको भन्ने मात्र हो,' साम्पाङले भने ।

साम्पाङले लामामाथि निष्पक्ष छानबिन गर्न आग्रह गर्दै भने, 'उहाँ निर्दोष ठहर भएर बाहिर ननिस्कुन्जेलसम्म पार्टीको पदबाट निलम्बन गरिएको जानकारी गराउन चाहन्छु।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077