Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जेनजी सरकारलाई ओलीको चेतावनी–एमाले नेतृत्वलाई छोए सरकार ढालिन्छ, देश नै ठप्प पारिन्छ

जेनजी सरकारलाई ओलीको चेतावनी–एमाले नेतृत्वलाई छोए सरकार ढालिन्छ, देश नै ठप्प पारिन्छ

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश ठप्प पार्न निर्देशन दिएका छन् ।

११औं महाधिवेशनबाट तेस्रो पटक अध्यक्षमा पुनःनिर्वाचित भएपछि पहिलो पटक सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि बनेको सरकारलाई चेतावनी दिएका हुन् । जाली मुद्दा लगाउन खोजे देशभरबाट एमाले उठ्ने उनको भनाई थियो ।

उनले भने–‘अब पञ्चालकालको जस्तो जाली मुद्दा लगाउने कोसिस हुँदैछ । एमाले नेतृत्वमाथि छोएमा देश ठप्प हुनुपर्छ । एमालेले सरकार ढाल्ने छ । एमालेलाई छोएको त्यो महंगो पर्ने छ ।’

उनले जाली मुद्दा लगाएमा देशभर जाम गर्न निर्देशन दिंदै उनले भने–‘हामी कुराले होइन, कामले तयार हुनुपर्छ गरेर देखाउनुपर्छ ।’ ओलीले अहिलेको अराजकता रोक्नका लागि तयारी अवस्थामा रहने बताए ।

उनले एक हप्ताभित्र टोलटोलमा सुरक्षा समिति गठन गर्न निर्देशन दिए । उनले भने–‘राज्य संयन्त्रको मार्फत् भर पर्ने होइन । हामी आफ्नै खुट्टामा उभिएर गर्नुपर्छ । एक हप्ताभित्र टोल सुरक्षा समिति बनाउनुहोस् ।’

सम्बोधनका क्रममा अध्यक्ष ओलीले सरकार र जेनजीबीच भएको सम्झौता अवैधानिक रहेको दोहोर्‍याए । उनले यो सम्झौता एमालेले कार्यान्वयन हुनै नदिने दाबी गरे ।

उनले यो सम्झौता कलाविहीन भद्दा नाटक भएको टिप्पणी गरे । ओलीले भने–‘यो सरकारसँग संविधानलाई चलाउने कुनै अधिकार छैन । सरकार र जेनजीबीचको सम्झौता लागू हुन सक्दैन । एमालेले लागू हुन दिँदैन । कि चुनावको तयारी गर, नत्र बाटो लाग्दा हुन्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले एकताको नाटक गरेको भन्दै आलोचना गरेका छन् ।

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलगायत समायोजनपछि बनेको नेपाली कम्युनिस्ट पार्टीको गठनलाई उनले नाटकको संज्ञा दिए ।

ओलीले नेता पुष्पकलम दाहाल प्रचण्डलाई पार्टीको नाम घाँडो भइरहेको अवस्थामा पार्टी एकीकरण गरेको बताए । त्यस्तै उनले एकीकृत समाजवादीबाट नेकपामा समायोजित नेता माधवकुमार नेपाललाई पार्टी घाँडोको अवस्थामा रहेको टिप्पणी गरे ।

प्रचण्ड र माधव नेपाल दुवै नेताले पार्टी एकताको नाटक गरेको भन्दै ओलीले कटाक्ष गरे ।

उनले सम्पूर्ण राजनीतिक पार्टीहरुाई देशको पछिल्लो परिस्थितिप्रति गम्भीर हुन आग्रह गरे । उनले राजनीतिक दलहरु यतिबेला देश र संविधानको पक्षमा उभिनुपर्ने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077