Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपाधिका लागि आज एपीएफ र भारतको इष्ट बंगाल खेल्दै

उपाधिका लागि आज एपीएफ र भारतको इष्ट बंगाल खेल्दै

शनिवार , पौष ५, २०८२

काठमाडौँ । साफ महिला क्लब फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज नेपालको एपीएफ र भारतको इष्ट बंगाल खेल्दैछन् ।

खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु हुनेछ । समूह चरणमा एपीएफले दुई खेलमा जित र दुईमा बराबरी खेल्दै फाइनलमा स्थान पक्का गरेको थियो । इष्ट बङ्गालले भने तीन खेलमा जीत हात पारेको थियो। एक खेलमा एपीएफसँग बराबरी गरेको थियो।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बङ्गलादेश र पाकिस्तान गरी ५ देशका लिग विजेता टोली सहभागी छन्।

एपीएफकी कप्तान अनिता बस्नेतले फाइनलका लागि आफ्नो टोली तयार र उत्साहित रहेको बताइन्। इष्ट ​बंगालका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यलाई पूरा गर्नेगरी खेल्ने बताए।

उपाधि जित्ने टोलीले १० हजार र उपविजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ। बाँकी तीन टोलीले समान २ हजार अमेरिकी डलर पाउनेछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077