Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली काठमाडौं-९ बाट सिफारिस

राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली काठमाडौं-९ बाट सिफारिस

आइतवार , पौष ६, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौं निर्वाचन क्षेत्र नम्बर-९ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको छ ।

फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं-९ बाट ओलीको नाम पहिलो नम्बरमा सिफारिस गरिएको राप्रपाको क्षेत्रीय कमिटीले जनाएको छ ।

प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस सूचीमा ओलीसहित पाँच जनाको नाम समावेश गरिएको छ । सूचीमा इन्दिरा मिश्र, दिलीप कार्की, देवेन्द्र प्रधान र रघुराज राजभण्डारीको नाम पनि सिफारिस गरिएको छ ।

अन्तिम उम्मेदवारको टुंगो भने पार्टीको केन्द्रीय नेतृत्वले लगाउनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077