काठमाडौं । हामी नेपालका संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको मोबाइल नम्बर सार्वजनिक गरेका छन् ।
गुरुङले जेनजी आन्दोलनमा सहभागी भएकै कारण पक्राउ परेका व्यक्तिहरूका परिवारले गृहमन्त्रीलाई सोझै सम्पर्क गर्नू भन्दै गृहमन्त्रीलगायत उच्च पदस्थको नम्बर सामाजिक सञ्जाल फेसबुक सार्वजनिक गरेका हुन् ।
गुरुङले गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगाल र सचिव धीरज जोशीको नम्बर फेसबुकमा सार्वजनिक गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक लेखेमा छन्- 'जेनजी जनादेश सम्माननीय प्रधानमन्त्रीबाट हस्ताक्षर पश्चात् राजपत्रमा अंकित भएर सार्वजनिक भएता पनि, सम्माननीय राष्ट्रपतिबाट हस्ताक्षरमा भईरहेको आनाकानीका कारण, जेनजी र सरकारपक्षबिच भएको सम्झौता बमोजिम भ्रष्टाचारीलाई र हत्यारालाई छानबिन र कार्वाहीको दायरामा ल्याउनबाट पछाडि हट्दै उल्टै, भाद्र २३र२४ का आधारमा झुठा अभद्र मुद्वामा फसाएर पक्राउ गर्ने र बारम्बार हामीले रिहाईका निम्ति पिडित पक्षका परिवारलाई सघाउदा पनि, मुद्वा र धरौटिका कारणले रिहाई हुन नसेका पिडित पक्षका परिवारले अबदेखि रिहाईका निम्ति जेनजीका रगतमा उभिएर शासन गर्दै गरेका सरकारका सुरक्षा निकायका गृहमन्त्री ज्यू र स्वकिय सचिवलाई सम्पर्क गर्नुहोला ।'
जेनजी र सरकारपक्षबीच भएको सम्झौता बमोजिम भ्रष्टाचारी र हत्यारालाई कारबाहीको दायरामा ल्याउन सरकार पछि हटेको उनले उल्लेख गरेका छन् । तर, आन्दोलनमा सहभागी भएकै आधारमा जेनजी प्रदर्शनकारीलाई झुठा अभद्र मुद्वामा फसाएर धमाधम पक्राउ गरिएको उनले आरोप लगाएका छन् ।
'