Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी–२० विश्वकपका लागि नेपालको प्रारम्भिक राष्ट्रिय टोली घोषणा, को-को अटाए क्याम्पमा ?

टी–२० विश्वकपका लागि नेपालको प्रारम्भिक राष्ट्रिय टोली घोषणा, को-को अटाए क्याम्पमा ?

आइतवार , पौष ६, २०८२

काठमाडौं । आगामी वर्ष हुने टी–२० विश्वकपका निम्ति नेपालको प्रारम्भिक राष्ट्रिय टोली घोषणा भएको छ ‌। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पहिलो चरणको बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाएको हो ।

क्यानले सार्वजनिक गरेको सूचीमा कप्तान रोहित पौडेलसहित सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी लगायतका अनुभवी खेलाडीहरू यथावत् छन् । टोलीमा आदिल अन्सारी, ईशान पाण्डे, शेर मल्ल र रुपेश के सिंह जस्ता खेलाडीहरूलाई पनि समेटिएको छ।

क्यानले विश्वकपका निम्ति अन्तिम टिम बनाउन पुस ७ गतेदेखि बन्द प्रशिक्षण सुरु गर्नेसमेत जनाएको छ । भारत र श्रीलंकामा आयोजना हुने यो प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ ।

जसमा नेपालको प्रतिद्वन्द्वीका रूपमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् । नेपालको सबै खेल भारतको वान्खडे रंगशालामा हुनेछ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरू :

रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल अन्सारी, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, ईशान पाण्डे, बसिर अहमद, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जिसी र रुपेश के सिंह ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077