Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

जेनजी आन्दोलन प्रकरणबारे बालेनले दिए मानव अधिकार आयोगमा बयान

जेनजी आन्दोलन प्रकरणबारे बालेनले दिए मानव अधिकार आयोगमा बयान

सोमवार , पौष ७, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिएका छन् ।

भदौ २३ र २४ गते काठमाडौंमा भएको आन्दोलनका क्रममा घटेका घटनाको छानबिनका सिलसिलामा आयोगको बोलावटमा शाह सोमबार आयोग पुगेका हुन् ।

आयोग स्रोतका अनुसार करिब दुई घन्टासम्म चलेको सोधपुछमा आन्दोलनका दिन उनी कहाँ थिए, सामाजिक सञ्जालमा दिएका अभिव्यक्ति, सिंहदरबार जलाउने विषयमा आएका भनाइ, महानगरको सुरक्षा व्यवस्था तथा दमकल ढिलो पुगेको विषयमा प्रश्न गरिएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको सम्भावित मानव अधिकार हनन र दमनसम्बन्धी घटनाको छानबिन गरिरहेको छ।

आयोग सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले हालसम्म १४६ जनाको बयान लिइसकेको आयोगले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077