काठमाडौं । जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीको नेतृत्वमा रहेका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङसहित तीनजनाका स्थानहद फुकुवा भएको छ ।
जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले आईजीपी खापुङ, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० लाई स्थान हद तोकेको थियो ।
भदौ २३-२४ को घटनाहरूको जाँचबुझ तथा छानबिनको सिलसिलामा अनुसन्धानका लागि भन्दै आयोगले उनीहरुमाथि बयान लिनुपर्ने भन्दै गत असोज १२ र कार्तिक २७ गते निर्णय गरी काठमाडौं उपत्यका छाड्न र देश छाड्न नपाउने भन्दै स्थानहद तोक्ने निर्णय गरेको थियो । तर तीनैजनासँग बयान सकिइसकेको भन्दै आयोगले उनीहरुको भ्रमण फुकुवा गरेको जनाएको छ ।
आयोगको सोमबार बसेको बैठकले तीनैजनाको भ्रमणपछि स्थानहद तोक्ने निर्णय फुकुवा गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।