Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

क्रियाशील सदस्य विवादले कांग्रेस महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

क्रियाशील सदस्य विवादले कांग्रेस महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

मंगलवार , पौष ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशन केही समय लम्बिन सक्ने संकेत गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले क्रियाशील सदस्यता वितरणमा देखिएको ढिलाइका कारण महाधिवेशन प्रभावित हुन सक्ने बताए।

कोइरालाका अनुसार नयाँ क्रियाशील सदस्य वितरणका क्रममा देशभर सिरियल नम्बर नै नभएका कागजात पठाइएको थाहा पाएपछि आफू थप चनाखो भएको बताए। यसले प्रक्रियामै गम्भीर प्रश्न उठाएको उनको भनाइ छ।

महाधिवेशन केही समय पर सरे पनि त्यसले खासै फरक नपर्ने धारणा राख्दै उनले मुख्य कुरा पार्टीलाई विधि र पद्धतिमा चलाउनु भएको स्पष्ट गरे।

उनले पार्टीभित्र विशेष अधिवेशनको माग गर्ने र निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्छ भन्ने समूहले आफूलाई ‘खेलाउन’ खोजेको अनुभूति भएपछि नियमित महाधिवेशन निर्वाचनअघि नै हुनुपर्छ भन्ने अडानमा आफू दृढ रहेको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077